मधेशका मुख्यमन्त्री यादवले प्रतिपक्षी एमालेसहित सबै साँसदबाट पाए विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रदेशसभाका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको हो । मुख्यमन्त्री यादवको पक्षमा प्रदेशसभामा उपस्थित सबै १०३ साँसदले मत दिएका छन् ।

प्रदेशसभामा १०७ सांसद छन् । प्रदेशका सबभन्दा ठूलो दल नेकपा एमालेकै समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

तर सत्ता समिकरण बदलिएपछि सरकार छाडेको एमालेले जेठ १ मा समर्थन फिर्ता लिएको थियो ।

एमालेले समर्थन फिर्ता लिएकै कारण मुख्यमन्त्री यादवले विश्वासको मत लिनु परेको छ ।

तर एमालेले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएपछि सरकारको विपक्षमा कुनै दल नै रहेनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =