बजेट सदनमा प्रस्तुत विमतिबारे गठबन्धनका नेताबीच छलफल

काठमाडौँ । सत्ता गठबन्धन दलका नेताहरूले आज समसामयिक विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गठबन्धनको बैठक बस्ने, बजेटका सम्बन्धमा गठबन्धन दलका धारणालगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री दाहालले बजेट सदनमा प्रस्तुत भइसकेको अवस्थामा केही विषय आवश्यकतअनुसार मिलाइएर जान सकिने बताएका थिए । बजेटमा प्रस्तुत विषयलाई लिएर सत्ता साझेदार नेकपा (एकीकृत समाजवाद) र जनता समाजवादी पार्टी नेपालले केही बुँदामा विमति प्रकट गरेका छन् । सोही विषयमा पनि शीर्षनेताहरुबीच छलफल भएको थियो ।
छलफलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धन आबद्ध दलका नेताहरू सहभागी थिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =