प्रचण्डले कौडीको भाउमा नदी बेचेर आए, अनि ल्याए १५ वटा राँगा : ओली (भिडिओ)

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुइँक्क पनि बोल्न नसकेको बताएका छन् ।

मित्र राष्ट्र भारतसँग आफ्नो देशको पिरमर्का समेत प्रधानमन्त्री दाहालले राख्न नसकेको ओलीको आरोप थियो ।

शनिबार काठमाडौँमा आयोजित पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै उहाँले वर्तमान सरकारलाई नालायकको संज्ञा दिँदै देशकै लागि दुर्भाग्य भएको बताए ।

ओलीले देशको दुर्दिन सुरु हुनु युक्रेन वारको कारणले हो ? भनी सरकारमाथि कटाक्ष समेत गरे । प्रधानमन्त्री पुष्पकमल दाहालले फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको बताए । वर्तमान सरकारसँग विकासको कुनै पनि योजना नभएको जिकिर गर्दै अध्यक्ष ओलीले यस्तो सरकार भनेपछि मुलुकमा ग्रहण लाग्नु स्वाभाविक भएको बताए । उनले वर्तमान सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई विरोध गरे पनि कमजोर बनाउन नसक्ने दाबी गरे ।

अध्यक्ष ओलीले मुलुकको सुन्दर भविष्यका लागि पनि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताउँदै भने, ‘देशलाई नै ग्रहण लागेको जस्तो भएको छ । यी दुई वर्षमा ८ प्रतिशत पु¥याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ । भनेको प्रतिबद्धता, यी कमेन्ट, योजना केही पनि २५ प्रतिशत पनि मिलेन । देश त्यति नराम्ररी देश पछाडि परेको छ । सरदर ६ दशमलव ५ पुगी सकेको उत्पादन वृद्धिदर हामीले त ७ दशमलव १ प्रतिशत पु¥आएका थियौँ । सरदर नै भन्ने हो भने पनि हामीले ६ दशमलव १ प्रतिशत उत्पादन वृद्धि पु¥आएका थियौँ । त्यो घटेर २ भन्दा तल आई सक्यो । अहिले कोभिडसोभिडको मारले यस्तो भएको होइन । अनि युक्रेनको वार भनेर एउटा हल्ला चलाउने गरिएको छ । युक्रेनको वारले हामीलाई धुवा उडाएको कि, धुलो उडाएको कि, के ग¥या छ ? युक्रेनको वारले हो ? अस्ति हाम्रा नदीहरू प्रचण्ड जीले सित्तैमा दिएर आएको ? आफ्नो भूमिको बारेमा चुइँक्क बोल्न नसकेको युक्रेनको वारले हो ? १५ वटा राँगा ल्याए भनेर । त्यही पनि राँगा लिएर आउने भनेर जिस्क्याए रे । यो त केपी ओलीकै पालोदेखि कुरा चलेको रहेछ भनेर भनियो । उहाँहरूले त कुनै कुरै चलाउन सक्नुहुन्न । सबै कुरा त्यहाँ संयुक्त चेकजाँच पोष्टको कुरा गर्नु भएको छ । त्यो मेरै पालामा हो । भैरहवा बनिसकेको छ । वीरगंज बनिसकेको छ । विराटनगर बनिसकेको छ । अरू ठाउँमा नयाँ बन्दै जाने कुरा हो । त्यो पहिले नै तयार छ । जमिन हामीले तयार गरेका छौँ । बजेट छुट्टयाइएको छ । योजनामा पहिलेदेखि नै पारिएको छ । यो त नयाँ कुरै होइन । अनि के गरेर आउनु भयो त ? दुईटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनु भएको छ । मैले २०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । कुदीरहेको नदीमै बाँध नबाँधिकन ४८० मेघावाट कुदेको नदीबाट विद्युत् निकाल्न सकिन्छ । त्यति सस्तो आयोजना, यो नेपाल आफैले बनाउँछ मैले निर्णय गरेको थिए । यो त अहिले त्या किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो । प्रधानमन्त्री भन्न सक्नुहुन्न के सर्तमा दिनु भएको छ ? यत्तिकै भएको होइन यो । नेपालको दशा बिग्रिएकै हो । नेपालमा दुर्दिन छाएकै हो । नेपालको भूमिमा ग्रहण लागेकै हो । यस्तायस्ता सरकार बनेका छन् । जसले देशको बारेमा चुइँक्क बोल्न सक्दैन । जसले राष्ट्रिय हितको रक्षाका सन्दर्भमा एउटा केही पनि गर्न सक्दैन । विदेश भ्रमणमा जान्छ, एउटा मित्र राष्ट्रको भ्रमणमा जान्छ । मित्रसँग आफ्ना पिरमर्काका कुरा पनि गर्न सक्दैन । मलाई यस्तो प¥यो पनि भन्न सक्दैन । यस्ता नालायक सरकारहरू बन्नु भएको देशको दुर्भाग्य हो । विकासको योजना छैन, सोच छैन । अव यिनीहरूले के देख्छन् भन्दा, उनीहरूलाई छटपटी के हुन्छ भन्दा जेमा पनि एमालेको विरोध एमाले अगाडि बढ्यो । म भन्न चाहन्छु–एमालेलाई कहीँ कतै कसैले कुनै हिसाबले पनि कमजोर पार्न सक्दैन । पछाडि धकेल्न सक्दैन । पार्टी फुटाएर, सरकारबाट ढालेर अनेक गर्दा पनि एमाले फेरी जस्ताको तस्तै छ । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनु पर्छ यस देशका लागि । यस देशको सुन्दर भविष्यका लागि, हाम्रा सन्ततिका लागि ।’

ओलीले कर्मचारीहरूलाई मुस्कानसहितको जनसेवाका काममा जुट्न पनि पटकपटक आग्रह गरे । उनले जनसेवाको काममा लागेर मात्रै देशलाई अघि बढाउन सकिने पनि स्मरण गराए ।

प्रतिक्रिया

One thought on “प्रचण्डले कौडीको भाउमा नदी बेचेर आए, अनि ल्याए १५ वटा राँगा : ओली (भिडिओ)

  1. ए दलाल चुतिया कुत्ता हरामी भ्रस्ट डाका चोर फटाहा ओली -त् कुत्ता ले पनि त् महाकाली नदी भारत लाई जिम्मा लगाएको होइन र बिर्सिस यो कुरा – १ खर्ब २० अर्ब आम्दानी हुन्छ भनेर –तिमीहरु सबै नेपालका यस्ता उडुस र उपिया हो जसलाई अब किटनासक दवाई हालेर मार्नै पर्छ – अरु उपाए छैन अब नेपालीको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =