नक्कली शरणार्थी प्रकरणका जाहेरवालालाई पक्राउ गर्न वरिष्ठ अधिवक्ता पन्तको माग

वरिष्ठ अधिवक्ता सुशील पन्तले नक्कली शरणार्थी प्रकरणमा कानुनको अज्ञानता कसैलाई पनि क्षम्य नहुने बताए ।
काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट थुनछेक बहस गर्दै जाहेरवाला गजेन्द्र बुढाथोकीलाई नै प्रतिवादी बनाएर मुद्दा सुरु गर्नुपर्ने बताए।
बुढाथोकीले नक्कली शरणार्थी बनेर अमेरिका जानका लागि रकम दिएको भनेकाले गैरकानुनी कामका लागि रकम दिने उनलाई पनि प्रतिवादी बनाउन माग गरेका हुन्।
उनले टोपबहादुर रायमाझीलाई भने पक्राउ गरेर पछि जाहेरी हाल्न लगाएर फसाइएको इजलानसमा जिकिर गरे।
प्रहरीले पब्लिसिटीको लागि काम गरेको बताउँदै टोपबहादुरविरुद्ध कुनै पनि प्रमाण नरहेको र उनी निर्दोष रहेको दाबी गरे।
उनले नेपाली नागरिकता त्यागेर गैरकानुनी रुपमा अमेरिका जान खोज्नेलाई पनि पक्राउ गरेर मुद्दा चलाउन माग गरे।








