भारतले गल्ती गर्याे, यसविरूद्ध नेपाल सिङ्गाे राष्ट्र एक हुनुपर्छ : सांसद सापकोटा
२०८० जेठ २६ गते

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपाल–भारतबिचको सीमा समस्या समाधानका लागि सिङ्गो राष्ट्र एकताबद्ध हुनुपर्ने बताएका छन् ।
सांसद सापकोटाले भारतले नेपालको भूमिसहितको नक्सा आफ्नो नयाँ संसदमा राखेर गम्भीर गल्ती गरेको समेत बताए ।
भारतको सो कदम उसकै उन्नति, प्रगति र हितको पक्षमा नरहेको उनको भनाई थियो । शुक्रकनर सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले विश्व बजारमा प्रतिस्पर्धामा जानुपर्ने बेलामा भारतले सीमामा विवाद खडा गरेर बस्नु कुनै पनि अर्थमा सही नभएको बताए ।
सांसद सापकोटाले भने ‘म भन्न चाहन्छु–भारतले जे गर्याे, गल्ती गर्याे । यसले भारतको उन्नति, प्रगति, हित छँदैछैन । किनभने विश्व बजारमा प्रतिस्पर्धा जानुपर्ने बेलामा पुराना कुराहरूमा अलमलिएर नक्साको कुरामा मात्रै विवाद गर्ने भनेको भारत विश्व बजारको प्रतिस्पर्धामा आफूलाई खरो ढङ्गले लैजान सकिरहेको छैन भन्ने नै देखिन्छ । हाम्रा तर्फबाट कूटनीतिक ढङ्गले, राजनीतिक ढङ्गले सिङ्गो देश एकताबद्ध भएर नेपाली भएर भारतसँग वार्ता गर्नु पर्छ ।’
सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा दुई मुलुकबिचको सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग छलफल गरेको पनि दोहोर्याए ।
२०८० जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित








