गोदावरीको गुरुङे डाँडामा डढेलो (तस्बिरहरू)
२०८० जेठ २६ गते

काठमाडौँ । गोदावरीको गुरुङे डाँडामा डढेलो लागेको छ । बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका–४ स्थित गुरुङे डाँडामा डढेलो लागेको हो । डढेलोलाई स्थानीयवासीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीका अनुसार दमकल जान नसक्ने ठाउँमा डढेलो लागेको हो। उनका अनुसार हिजो राति देखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।


२०८० जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित








