गोदावरीको गुरुङे डाँडामा डढेलो (तस्बिरहरू)

काठमाडौँ । गोदावरीको गुरुङे डाँडामा डढेलो लागेको छ । बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका–४ स्थित गुरुङे डाँडामा डढेलो लागेको हो । डढेलोलाई स्थानीयवासीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीका अनुसार दमकल जान नसक्ने ठाउँमा डढेलो लागेको हो। उनका अनुसार हिजो राति देखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । 
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *