प्रदर्शनीमा ललितकला (तस्बिरहरू)

काठमाडाैँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० जारी रहेकाे छ । १५ जेठबाट सुरु भएकाे याे प्रदर्शनी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले उद्घाटन गरेका हुन् ।

प्रदर्शनीमा ‘म, मेरो देश र मेरो सिर्जना’ अवधारणामा गरिएको छ । प्रदर्शनीमा देशभरका लोककला, परम्परागत चित्रकला/मूर्तिकला, समसामयिक चित्रकला/मूर्तिकला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गतका फोटोग्राफी कला, प्रतिस्थापन कला, कार्टुन, भावभङ्गी कला, क्यारिकेचर र डिजिटल विधा अन्तर्गत ६०९ कलाकारका ६९५ कलाकृति राखिएका छन् । यी कलाकृति मध्ये लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद्, बबरमहलमा राखिएका छन् ।

त्यस्तै, समसामयिक चित्रकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृति नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा राखिएको छ । प्रदर्शनी जेठ ३० गते सम्म चल्नेछ ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *