राष्ट्रियसभामा प्रतिनिधिसभाका दृश्यको आलोचना

काठमाडौँ । राष्ट्रियसभा बैठकमा सांसदहरूले राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिइएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन् । बुधबारको बैठकमा सांसद उदयबहादुर बोहोरा बजेट निर्माणका क्रममा भएका कमजोरीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

सांसद गोमादेवी तिमिल्सिनाले मुलुकभित्र फैलिरहेको गरेको अराजकता अन्त्यका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताइन् । प्रतिनिधिसभामा अमर्यादित भाषाको प्रयोग भइरहेकामा उनले आपत्ति प्रकट गरिन् ।

सांसद दुर्गा गुरुङले देशका विभिन्न स्थानमा भइरहेको सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराए । सुर्खेतमा स्वास्थ्यकर्मीले सेवा सुविधा पाउन नसकेकामा उनको गुनासो छ ।

सांसद नारायणदत्त मिश्रले कैलालीको एक सडक निर्माणमा संघीय र प्रदेश सरकारले ध्यान नदिएकामा गुनासो गरे । सांसद नारायणप्रसाद दाहालले सदनमा देखिएका अराजकताले जनप्रतिनिधिबारे जनतामा बिचमा नराम्रो सन्देश दिएको बताए । सांसद भुवनबहादुर सुनाले भूमिहीन, दलित सुकुम्वासीलाई आगामी आर्थिक वर्षको बजेटले कुनै सम्बोधन गर्न नसको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद राजेन्द्रलक्ष्मी गैरले बजारमा खाद्य पदार्थको मूल्य दैनिक जसो वृद्धि हुँदा जनजीवन प्रभावित भएकाले त्यसलाई नियन्त्रण गर्न माग गरे । सांसद सुरेशकुमार आले मगरले सामान्य कुरालाई उचालेर सदनको काम कारबाहीलाई प्रभावित बनाउने रोग प्रतिनिधिसभामा देखिएको आरोप लगाए । राष्ट्रियसभामा त्यस्तो हुन नहुने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =