एमालेले फुकुवा गर्‍यो केन्द्रीय सदस्य महतोको निलम्बन

नेकपा एमालेले केन्द्रीय सदस्य हरिनारायण महतोको निलम्बन फुकुवा गरेको छ। सचिवालय बैठकले महतोको निलम्बन फुकुवा गरेको जानकारी गराएको हो।

स्थानीय तहको निर्वाचनमा उनको भूमिकाबाट पार्टीलाई अहित भएको भन्दै उनलाई निलम्बन गरिएको थियो।

हाल प्रदेश सभा सदस्य रहेका महतो धनुषाका हुन्। निलम्बनमा रहेकै अवस्थामा पार्टीले उनलाई प्रदेशमा निर्वाचन लड्न टिकट दिएको थियो।

प्रदेश सभाको सदस्य पदमा उनी निर्वाचित समेत भएका थिए।

सांसद भएपछि संसदीय दलमार्फत क्रियाशील रहेकाले निलम्बन गरिरहन युक्तिसंगत नदेखिएको भन्दै एमालेले निलम्बन फकुवा गरेको हो।

आगामी दिनमा त्यस्ता प्रकृतिका गल्ती नदोहोर्‍याउन महतोलाई निर्देशन दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =