अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य सरकारले गुमाइसक्यो : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाई सकेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थतन्त्रको नेतृत्व वर्तमान सरकारले गर्न नसक्ने जिकिर गरेका हुन् ।

अध्यक्ष ओलीले बहुमत भएकाले संसदबाट बजेट पारित भए पनि त्यसले कुनै परिणाम नदिने दाबी समेत गरे । सरकार यथास्थितिवाद र पश्चागमनको मार्गमा रहेको भन्दै उनले कुनै पनि काम गर्ने उत्साह र जाँगर नभएको दोहो¥याए ।

ओली भन्छन्, ‘यो सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाएको छ । मुलुकको अर्थतन्त्रको नेतृत्व यो सरकारले गर्न सक्दैन । सक्छ भनेर बहस गर्नु होला । सक्छ भनेर पास गर्नु होला । अर्को वर्षमा परिणाममा हेर्नुहोला । उत्साह, जाँगर र दृढ निश्चय सरकारसँग छैन भन्ने अव छर्लङ्ग भइसकेको छ । सरकार यथार्थपरक होईन यथास्थितिवाद, अग्रगमन होइन, पश्चागमनको मार्गमा छ । नेपाललाई विकसित देशमा रुपान्तरण गर्न, नेपालीलाई सम्पन्न र उच्च जीवन स्तरमा पु¥याउन नसक्ने आफैँ स्वीकार गरेको बजेटले नेपाली अर्थतन्त्रको सामर्थ्यको अवमूल्यन गरेको छ ।’

अध्यक्ष ओलीले नेपाललाई विकसित देशमा रुपान्तरण गर्ने र नेपाली जनतालाई सम्पन्न बनाउन नसक्ने कुरा बजेटमार्फतनै सरकारले स्वीकार गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *