अर्थमन्त्रीलाई डा.स्वर्णिम वाग्लेले मागे ३ विषयमा जवाफ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले विगत केही वर्षमा भ्रष्टाचार महामारीझैँ फैलिएको बताए ।

उनले पनि बजेट निर्माणमा अनाधिकृत मानिसको प्रवेशको सम्बन्धमा अर्थमन्त्रीको जवाफ माग गरे ।

उनले भने, ‘बकाइदा कागज मिलाएर, औपचारिकता मिलाएर, विधि पु¥याएजस्तो गरेर, बैठक बसेर, नियमावलीहरू नै संशोधन गर्दै, अख्तियारले समेत समाउन नसक्ने गरी सेटिङमा हुने भ्रष्टाचारको महामारी विगत केही वर्षमा आगोझैँ सल्किएको छ । सक्छौँ भने मलाई जेल हाल भन्ने हुँकारको जननी त्यही हो । दण्डहीनताको यो चुरीफुरी विरुद्ध हामी उभिएका छौँ र यसलाई तोडेरै छाड्ने हाम्रो दल राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्कल्प छ । अर्थमन्त्रीको यी ३ कुरामा जवाफ आओस्, निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ? एचएस कोडको विज्ञ भनेर संलग्न गराइएका व्यक्तिलाई विधि, प्रक्रिया पु¥याएर सल्लाहकारिय भूमिकामा राखिएको हो कि होइन ? एचएस कोडका दरहरू टाइप गर्न सक्ने जनशक्तिको आकार के एक जना वा दुई जना मात्रै हुन् ? भन्सार प्रणालीको सुधार गर्न यो वर्ष अर्थमन्त्रीको इमान्दार पहल होला कि नहोला ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *