करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे विवादले संसद बैठकमा ढिलाइ

काठमाडौँ । करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशका विषयमा दलहरुबी विवाद हुँदा प्रतिनिधि सभा (संसद) को बैठक बस्ने ढिलाइ भएको छ । विवादका कारण मंलबार(आज) ११ बजेका लागि बोलाइएको संसद बैठक अझै सुरु हुन सकेको छैन ।

प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुख देवराज घिमिरेसहित सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा खास गरी नेकपा एमाले र राप्रपाका नेताहरुले बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेशका विषयमा सरकारसँग जवाफ माग्ने बताएपछि बैठक बस्न ढिलो भएको स्रोतले बताएको छ ।

प्रविधिक रुपमा जानकार व्यक्तिलाई करारमा रहेका सरकारी कर्मचारीले बजेट टाइप गरिएको विषयमा प्रतिपक्षी दलले विवाद सिर्जना गरेको भन्दै सत्ता पक्ष दलले भने यसको बचाउ गरिरहेका छन् ।

संसदमा प्रस्तुत भएको बजेटमा जारी छलफललाई निरन्तरता दिने आजको संसद बैठकको कार्यसूची थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *