प्रधानमन्त्रीको गलत अभिव्यक्ति सच्याउन सभामुखले अझै रुलिङ नगरेकोमा नेकपाको आपत्ति

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले संसदमा प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धी अभिव्यक्ति तत्काल सच्याउनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको गलत अभिव्यक्ति अझै पनि नसच्चिएको र सभामुख अर्यालले पनि सच्याउनका लागि रुलिङ नगरेको पनि आक्रोश व्यक्त गरे ।

उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति उनले आफैले संसदमा आएर नसच्याएसम्म आफूहरूको विरोध कायमै रहने अडान पनि स्पष्ट पारे । सांसद शर्माले संसदमा हुर्मत लिने काम सरकारले गरिरहेको जिकिर पनि गरे ।

उनले भने ‘सरकारले संसदको हुर्मत लिने काम गरिनै राखेको छ । हामीले प्रधानमन्त्रीको लगत अभिव्यक्ति सच्याउन भन्यौ । तर आजसम्म न सभामुखजीले सरकारलाई रुलिङ गर्नुहुन्छ । तपाईँ संसदको रोष्टममा आएर यो भनाई सच्याउनहोस् न रुलिङ गर्नुहुन्छ न सरकार जबाफदेही भएर संसदमा आएर जवाफ दिन्छ । यसबारे आफ्नो प्रस्टोक्ति राख्छ । यस सन्दर्भमा फेरि हामी सबै प्रतिपक्ष दलहरूको एउटै अभिव्यक्ति छ–उक्त गलत अभिव्यक्ति संसदमा नै आएर सच्याईयोस । उहाँले भनेको कुरा सही छ भने हाम्रो सामू यो यो कारणले सही छ भनेर भन्न तयार हुनुहोस् । सीमानाको बारेमा उहाँले दिएको लगत अभिव्यक्ति सच्याइयोस् । त्यो सच्याउनका लागि सभामुखबाट तत्काल रुलिङ होस भन्न चाहन्छु ।’

सांसद शर्माले सरकार संसदप्रति उत्तरदायी भएको गुनासो पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =