बीवाइडीका सवारी साधनमा प्रयोग भएका ब्याट्रीको उचित व्यवस्थापन गरिने

काठमाडौँ । विद्युतीय सवारी साधन उत्पादक कम्पनी बीवाईडीले आफ्ना सवारीमा प्रयोग भएका व्याट्रिको प्रयोगपछि उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै आहिले सवारी साधनमा प्रयोग भइसकेका पुराना आयोन व्याट्रि व्यवस्थापन चुनौतीपूर्ण बनेको भन्दै त्यसलाई सही व्यवस्थापन गर्ने जनाएको हो ।

‘सवारी साधनबाट निस्कने पुराना ब्याट्रीको उचित व्यवस्थापनको कैयौँ तरिका छन्,’ कम्पनीले भनेको छ, ‘पावर ब्याकअप गर्ने देखि पूर्ण रुपमा ड्रेन भएको ब्याट्री रि–साइकलको लागि बाहिर पठाउने विषयमा हामीले सम्पूर्ण तयारी गरेर बसेका छौँ । हामी हरेक गाडीबाट निस्कने लिथियम आयोन ब्याट्रीको उचित व्यवस्थापन गर्न सक्षम छौँ । साथै, प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

कम्पनीले नेपाललाई व्याट्रिको डिम्पङ साइट बन्न नदिने प्रतिबद्धता समेत गरेको छ । त्यसाे हुँदा ढुक्कले बिवाइडीका सवारी साधन प्रयाेग गर्न पनि कम्पनीले आग्रह गरेकाे छ ।

‘सरकारले विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा बजेट मार्फत नै केही बोलेको छ,’ कम्पनीले भनेको छ, ‘त्यसलाई हामी बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले सकारात्मक रुपमा लिएका छौँ ।
नविन टेक्नोलोजी भएका साधन ल्याएर बिक्री गने हामीले समाज र राष्ट्रप्रति सधैँ उत्तरदायी भएर काम गदै आएका छौँ । भोलिका दिनमा पनि त्यही रफ्तारमा काम गर्न हामी प्रतिबद्ध छौँ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *