भारत भ्रमण सफल र परिणाममुखी रह्यो : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताएका छन् ।

भारतको ४ दिने औंपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीमाझ सो दाबी हरेका हुन् ।

प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको बहु आयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बताउन पनि आफ्नो भारत भ्रमणले महत्त्वपूर्ण योगदान पु¥याएको बताए । उनले विगतमा थाँती रहेका विषयहरूलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री मोदीसँग खुलस्त कुराकानी भएको पनि बताए ।

प्रधानमन्त्री दाहाल भन्छन्, ‘नेपाल र भारतबीच रहेको बहु आयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बनाउन यस भ्रमणले योगदान गरेको छ । भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग खुलस्त रूपमा कुराकानी भई विश्वासको वातावरण सृजना भएको छ भने थाँती रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तयार भएको छ । नयाँ आम निर्वाचन पश्चातको पहिलो विदेश भ्रमणको रूपमा रहेको यो भारत भ्रमण मैले विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रूपमा यो भ्रमण परिणाममुखी रहेको छ । र, भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत गरेको छ ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण भविष्यका लागि पनि मार्गदर्शनको रूपमा रहने जिकिर समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *