हैदराबाद हाउसमा प्रचण्ड-मोदी वार्ता
२०८० जेठ १८ गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको हो ।
द्विपक्षीय भेटवार्तापछि दुवै देशका प्रतिनिधिमण्डलसहित दुईपक्षीय छलफल हुनेछ । दुवै प्रधानमन्त्रीले केही आयोजनाको संयुक्त उद्घाटन गर्नेछन् । भारतसँग दीर्घकालीन ऊर्जा व्यापार, बंगलादेशसँगको विद्युत् व्यापारमा प्रसारण लाइनको अनुमति र नेपालले पाउनुपर्ने हवाई रुटका विषयमा समझदारीहरू हुनेछन् ।
यसअघि प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धीको समाधिस्थल राजघाट पुष्पगुच्छा अर्पण गरेका थिए ।
२०८० जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित








