कर्मचारीलाई पेस्तोल देखाएर बैंकबाट दिउँसै लुटियो ३८ लाख

जनकपुरधाम । महोत्तरीमा दिनदहाडै बैंकबाट रकम लुटिएको छ । जिल्लाको महोत्तरी गाउँपालिका वडा नम्बर २ स्थित एनएमबि बैंकबाट मंगलबार दिउँसो रकम लुटिएको हो ।

चार जनाको समूहमा आएका हतियारधारी समूहले बैंकका कर्मचारीलाई पेस्तोल देखाएर रकम लुटी भागेको प्रहरीले जनाएको छ ।

महोत्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी दिलीपकुमार गिरिका अनुसार उक्त समूहले बैंकबाट ३८ लाख रुपैयाँ लुटेर लगेको जानकारी आएको छ । लुटेराहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *