काजकिस्तानसँग हारेसँगै नेपाल उपाधि होडबाट बाहिरियो

काजकिस्तानसँग पराजित भएसँगै नेपाल एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिहोडबाट बाहिरिएको छ।

काजकिस्तानले काठमाडौंमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपाललाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा काजकिस्तान विजयी भएको हो ।

उपाधि दावेदार घरेलु टोली नेपाललाई काजकिस्तानसँगले ३(२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा हार व्यहोरेको नेपालले दोस्रो र तेस्रो सेटमा सहज जित हात पारेको थियो । तर, चौथो सेट कजास्तानले जितेर खेलमा पुरागमन गरेको थियो ।

निर्णायक पाँचौ सेट जित्दै ले फाइनलमा स्थान बनाएको थियो ।

प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले ३०(२८ को अन्तरले गुमाएको थियो । दोस्रो सेट भने नेपालले २५(१६ को अन्तरले सहज रुपले जित हात पार्यो । तेस्रो सेट नेपालले २५(१५ ले जितेको थियो । चौथो सेट काजकस्तानले २५(१८ ले जितैसँगै खेल पाँचौ सेटमा धकेलिएको थियो ।

पाँचौ तथा निर्णायक सेटमा काजकस्ताले १५(७ ले जित्दै फाइनलमा स्थान पक्का गरेको हो ।

जितसँगै काजकस्तानले फाइनलमा स्थान बनाएको छ । काजकस्तानले फाइनलमा पहिलो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा शुक्रबार नै उज्वेकिस्तानलाई ३० को सेटमा हराउदै भारत फाइनल पुगेको छ ।

पराजित नेपालले पहिलो सेमिफाइनलको पराजित टोली उज्वेकिस्तानसँग तेस्रो स्थानका लागि खेल्नेछ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।

प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *