पशुपतिको जलहरी प्रकरणलाई राजनीतिक मुद्दा बनाउन हुँदैन : मनिष झा

काठमाडौँ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एमालेले संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो भएको टिप्पणी गरे । उनले एमालेले आज संसद अवरुद्ध गर्नु आवश्यक नभएको बताए ।
उनले भने ‘यो राजनीतिक एजेन्डा हो । यसमा प्रक्रियागत रूपमा पनि राजनीतिक सहमति खोजीराखेको एजेन्डा हो । सदनमा चाहीँ छोरी कुटेर बुहारी तर्साइरहेको हो । त्यो भनेको नक्कली भूटानी शरणार्थी प्रकरण एउटा एजेन्डा हुनसक्छ । त्यसमा राजनीतिक दलहरूले आफ्नो कित्ताकाट, स्पष्टता र सुरक्षा खोजिराखेको हुनसक्छ । यो बाँधिएको कुराहरू हो । सरकार पनि कानुनी परिबन्धमा बाँधिएको छ । नीति कार्यक्रम पारित गर्नु छ । कानुनी शासन भनेको सडकमा मात्र होइन, सदनमा पनि लागू हुन्छ । कानुनी प्रक्रिया अनुसार विधान, संविधानले जे भन्छ त्यो अनुसार अगाडी जानुपर्छ । यसलाई राजनीतिक मुद्दा बनायो भने यो लिगेपछि बन्छ । गलत सम्झौता गर्ने लिगेपछि बन्छ ।’
उनले पशुपतिको जलहरी प्रकरणलाई राजनीतिक मुद्दा बनाउन नहुने बताए ।








