सैन्य अभ्यास मार्फत पहिचान प्राप्त गर्ने पहिचानवादीहरूको घोषणा

विराटनगर । कोसी प्रदेश नामकरणको विरुद्धमा आन्दोलन गरिरहेका पहिचानवादीहरूले सैन्य अभ्यास मार्फत पहिचान प्राप्त गर्ने घोषणा गरेका छन् ।

हिजोका आन्दोलनहरू बिना योजना हुँदा धेरै क्षति पुगेको निष्कर्षसहित अब योजनाबद्ध रूपमा सैन्य अभ्यासको तयारी भएको जानकारी दिइएको हो ।

कोसी प्रदेश खारेजी अभियान युवा परिचालनमा केन्द्रित देखिएको छ। युवालाई परिचालन गरी सैन्य अभ्यास गर्ने अवस्थामा पुगेको विराटनगरमा आयोजित एक कार्यक्रममा जानकारी दिइएको छ ।

सबैभन्दा मुख्य कुरा बिचार नीति र सिद्धान्त भएको बताउँदै संयुक्त सङ्घर्ष समितिले हेड क्वाटरको नीति र सिद्धान्तलाई आधार बनाएर अब अघि बढ्ने बताएको छ । सैन्य अभ्यास र परिचालन गर्ने गरी उनीहरूको तयारी देखिएको छ । पहिचानेकोलागि युवा भन्ने नारा सहित उनीहरूले आन्दोलनलाई निष्कर्षमा पुर्‍याउनको लागि सैन्य अभ्यासको तयारी सहित अघि बडेको जनाएका छन् ।

युवा परिचालन समितिका सह संयोजक बिराज लिम्बुले पहिचानका लागि युवा दस्तालाई अघि बढाउने तयारी अनुसार पहिचानेकोलागि युवा घोषणा गरिएको जानकारी दिए । परिआएको खण्डमा जस्तोसुकै परिस्थितिमा पनि लड्न तयारी रहनकालागि सैन्य सङ्घर्षको युवा दस्ता तयार पारिएको उनले बताए । युवा दस्तालाई रूपान्तरण गर्दै सैन्य सङ्घर्षको तयारी गरिएको लिम्बुले जानकारी दिए ।

‘आन्दोलनलाई प्रभावकारी बनाउन ३ भागमा बाँडिएको छ । त्यसमा संयुक्त सङ्घर्ष समितिका पाँच घटकलाई सङ्घर्ष समितिले राज्यको रूपमा रहने भनिएको छ, लिम्बुले घोषणा कार्यक्रममा भने, पाँच घटक किराँत राई यायोख्खा, किराँत याक्थुम चुम्लुङ, आदिवासी जनजाति महासङ्घ, शेर्पा राष्ट्रिय समिति र किराँत धर्मलाई केन्द्रमा राखिएको छ।’

पाँच घटक मध्येबाट एक९एक जना इन्चार्ज रहने गरी ५ जनाको हेड क्वाटर बनाइएको छ। त्यसपछि विभिन्न जातीय सङ्घ संस्थाहरू १६ घटकहरू रहने बताइएको छ। १६ वटा सङ्घ संस्थालाई प्लाटुनको नाम दिएको उनले जानकारी दिए । हेडक्वाटरबाट आएको निर्णयलाई प्लाटुन मार्फत सङ्घर्षको मैदानमा जानकोलागि तयारीको काम यही प्लाटुन मार्फत हुने लिम्बुको भनाई छ ।

ती विभिन्न १६ वटा जातीय सङ्घ संस्थाहरूबाट बनेको प्लाटुनले विभिन्न कम्पनीहरू बनाउने, ती कम्पनीले सङ्घर्षको प्राक्टिस गर्ने, जिल्ला तथा गाउँपालिका हुँदै वडासम्म सैन्य अभ्यास तथा सङ्घर्षका कार्यक्रमहरू गर्ने भनिएको छ।

यस अघिको आन्दोलनमा धेरै क्षति भएको निष्कर्ष निकालेका कोसी प्रदेश खारेज अभियान सङ्घर्ष समितिले हिजोका कमी कमजोरीलाई सच्याउँदै आगामी दिनमा क्षति हुन नदिएकोलागि कार्य कुशलताका साथ युवाहरू परिचालन गरिने किराँत राई यायोख्खाका महासचिव तथा पहिचानका लागि युवा दस्ताका संयोजक भीम राईले बताए । पहिचानको विषय प्राविधिक विषय भएकोले यस आन्दोलनलाई निष्कर्षमा पुर्याउनकोलागि आचारसंहिता निर्माण, उद्देश्य प्राप्तीकालागि बनाउनुपर्ने सङ्घर्षका योजना, चेन अफ कमान्ड बनाएर पहिचानेकोलागि युवा अघि बढ्नेमा उनले जोड दिए ।

‘यो युद्ध जित्नका लागि निरन्तर सङ्घर्ष र लडाइँ गर्नु पर्ने अवस्था छ, उनले भने, निरन्तर सङ्घर्षको लागि तयारी रहनेगरि युवा दस्ता घोषणा भएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =