फाइनल पुग्न काजकस्तानको सामना गर्दै नेपाल

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपका सेमिफाइनलमा आज नेपालले काजकस्तानसँग सेमिफाइनल खेल खेल्नेछ । यो खेल साँझ ५ बजेपछि हुनेछ ।

समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले आज काजकस्तानसँग खेल्न लागेको हो । काजकस्तान भने उज्वेकिस्तानलाई पराजित गरेर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

बुधबारको खेलमा नेपालले पहिलो सेटमा १२-२५, दोस्रो सेटमा २४-२६, तेस्रो सेट २५-२० र चौथो तथा अन्तिम सेटमा नेपालले २५-२१ ले गुमाउँदै भारतसँग पराजित भएर समुह उपविजेता बनेको हो भने समुह बी को खेलमा काजकस्तानले उज्वेकिस्तानलाई २६-२४, २५-१६, २५-११ र २५-१८ ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

समुह एको उपबिजेता नेपाल र समुह बिको बिजेता कजकस्ताबिचको खेल आज हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *