प्रधानमन्त्री प्रचण्ड भारतबाट फर्किए लगतै चीन भ्रमणको तयारी

२०८० जेठ ११ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतबाट फर्किए लगतै चीन भ्रमणको तयारी सुरु हुने भएको छ। चिनियाँ राजदूत छन सोङले बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना राजनीतिक ब्युरो चिफसहित भेटवार्ता गरेका छन्।
चिनियाँ राजदूतसँग चीन भ्रमणको कुरा भएको थियो, प्रधानमन्त्रीज्यूले दिल्ली भ्रमण सकेर तिथि तय गरौंला भन्ने जवाफ दिएको प्रचण्ड निकट स्रोतले जानकारी दिएको हो।
प्रचण्ड प्रधानमन्त्री बनेको पाँच महिना भइसकेको छ।
बेइजिङ भ्रमणका लागि गृहकार्य थाले पनि तिथि भने दिल्ली भ्रमणपछि मात्रै तय हुने भएको छ।
यसअघि संसदमा नीति कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिने क्रममा प्रधानमन्त्रीले पहिलो भ्रमण दिल्लीकै गर्दा फरक नपर्ने बताएका थिए।
पहिलो प्रधानमन्त्रीकालमा उनी भारतभन्दा पहिले चीन गएक थिए।

२०८० जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित