ढाकाकुमारको पक्षमा आएन अन्तरिम आदेश, अब कंशाकारले शपथ लिने

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
बुधबार न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले श्रेष्ठको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हो।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड रकमको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा। ढाकाकुमार श्रेष्ठलाई बर्खास्त गर्दै उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद पदमा नयुक्त गर्ने निर्णय गरेको थियो।
निर्वाचन आयोगले विन्दवासिनी कंसाकारलाई सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र दिएको थियो । तर सर्वोच्चमा रिट परेपछि तत्काल यो विषय यथावत राख्न अन्तरकालीन आदेश दिएको थियो। उक्त आदेशसँगै सांसद कंसाकारले सांसदको शपथ गर्न पाएकी थिइनन् ।
गत वैशाख २५ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कंसाकारलाई सांसद पदमा निर्वाचित गर्ने आयोगको निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए ।
अब कंसाकारले सांसदको शपथ गर्न बाटो खुलेको छ।








