माइतीघरमा तीन दिनदेखि नर्सहरूको आन्दोलन (तस्बिरहरू) 

काठमाडौँ । विभिन्न हस्पिटलका नर्सहरूले चितवन क्यान्सर हस्पिटलमा भएको घटनालाई लिएर तीन दिनदेखि माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।

नर्सिङ पेसाको मान्छेहरूलाई टिकटकमा नराम्रो भनेकोले व्यक्ति गलत होला तर नर्सिङ पेसा गलत छैन र कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभूति गराइयोस् भन्दै आन्दोलन गरिरहेका छन् ।

यस्तै, उनीहरूले न्यून तलबमा क्षमता भन्दा पनि बढी बिमारीहरूको हेरचाह गर्दा समेत कामको मूल्याङ्कन गर्नुपर्ने माग राखेका छन् ।

पछिल्लो समय नर्सहरू सुरक्षित रूपमा काम गर्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जालमा नर्सहरूमाथि हुने टीकाटिप्पणी रोकिनुपर्ने पनि उनीहरूको माग छ ।

धर्नामा बस्ने नर्सहरूले कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभूति गराइयोस्,गल्ती देख्नेहरूले हाम्रो राम्रो काम पनि देखोस्,मिडियामा भाइरल हुन नर्स पेसामाथि दाग लाग्ने कुरा गर्न पाइँदैन,व्यक्ति गलत होला तर नर्सिङ पेसा गलत छैन भन्ने जस्ता प्लेकार्डसहित धर्नामा बसेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =