भारतलाई हराए नेपाल बन्नेछ समूह विजेता

काठमाडौं । एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज बुधबार भारतको सामना गर्दैछ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल आज लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा नेपालले किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।  नेपाल आज भारतलाई हराएर समूह विजेता बन्दै सेमिफाइनल पुग्ने योजनामा रहेको छ । दुई खेल जितिसकेको नेपाल समूह ‘ए’ बाट अन्तिम चारमा पुगिसकेको छ ।

भारत पनि दुई खेल जित्दै सेमिफाइनल पुगिसकेको छ । घरेलु टोलीलाई हराएर भारत समूह विजेता बन्न चाहन्छ । यस समूहबाट बंगलादेश र किर्गिस्तान समूह चरणबाट बाहिरिसकेको छ ।

समूह ‘बी’ बाट काजकिस्तान र उज्वेकिस्तानले अन्तिम चारमा स्थान बनाएका छन् । प्रतियोगिता अन्तर्गत बुधबार बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । उज्वेकिस्तान र काजकिस्तान तथा श्रीलंका र माल्दिभ्सबीच समेत प्रतिस्पर्धा हुनेछ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *