‘यात्री’को भाइरल तस्बिरबारे कम्पनीले दियो स्पष्टीकरण

काठमाडौँ । नेपालमा उत्पादित ‘यात्री’ मोटरसाइकलको गुड्दागुड्दै च्यासिस भाँचिएको भनिएको छ । उक्त फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यात्रीको पी वान मोडलको च्यासिस भाँचिएको तस्बिर भाइरलपछि कम्पनीले परीक्षणका क्रममा त्यस्तो हुन गएको दाबी गरेको छ । ‘परिवेश नै नबुझी सामाजिक सञ्जालमा च्यासिस भाँचिएको फोटो भाइरल हुँदैछ,’ कम्पनीले फेसबुक पोष्टमार्फत सूचना जारी गर्दै भनेको छ, ‘हामी उत्पादन अघि हरेक नयाँ भाग र प्रणालीहरूको परीक्षण गर्छौं । आन्तरिकतर्फ च्यासिस पुनरावृत्ति परीक्षण गरिरहँदाको तस्बिर अहिले भाइरल भएको हो ।’

यात्रीको पीजिरो र पी वान मोडलका मोटरसाइकल उत्पादन भइरहेको छ । ती मोटरसाइकललाई बजारमा पठाउने योजना कम्पनीको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *