नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी छ : राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताएका छन् ।

अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसक्ने भएकाले यसलाई पुनर्लेखन गर्न सरकारले अप्ठ्यारो मान्न नहुने उनको तर्क थियो । सोमबार प्रतिनिधिसभा बैठकमा सो नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले समस्याको पहिचान गर्न नसकेको र प्राथमिकता पनि निर्धारण गर्न नसकेको दाबी गरे ।

उनले सत्तापक्षको बहुमत भएकाले सो नीति तथा कार्यक्रम पास गर्न सकिने तर त्यसले सिंगो देश नै बिग्रने जिकिर गरे । देश नै बिग्रने भएकाले सो नीति तथा कार्यक्रम थप छलफल गरेर आउनुपर्ने अध्यक्ष लिङदेनले बताए ।

उनले भने ‘अहिले देशको अवस्था सामान्य होइन । अहिले देशले र दुनियाँले जुन आर्थिक संकट व्यहोरिराखेको छ । त्यसलाई हाम्रो परम्परागत कार्य शैलीले, परम्परागत सोच र संरचनाले त्यो आर्थिक संकटलाई सामना गर्न सक्दैन । त्यसकारणले यो नीति तथा कार्यक्रममा आगामी संकटलाई कसरी सामना गरेर अगाडि बढछौं भन्ने कुरा आउनु पर्दथ्यो । यो नीति तथा कार्यक्रम सामान्य अवस्थामा, ठिकठाक अवस्थामा ल्याउनेजस्तो छ । र, धेरै कुराहरू मैले फेरी पनि भने–प्रस्ट छैनन् । यसले समस्याहरू पहिचान गर्न सकेको छैन । प्राथमिकता छुट्टाउन खोजेकै छैन । अथवा हाम्रा प्राथमिकता के हुन ? त्यसलाई प्रस्ट पार्न सकेको छैन । र, छलफल गर्नुपर्ने प्रशस्त विषयहरू छन् । हामीले ल्यायौँ, हामीसँग बहुमत छ । पास गर्छौं । ताली ठटाएर पास गर्छौ । त्यो भन्न पाउनु हुन्छ । पास गर्न पाउनु हुन्छ । र, मैल अस्ति भर्खरै पनि भनेको थिएँ–देश तपाईँको मात्रै होइन । सरकारमा बस्नेको मात्र होइन । यो देश विक्रीका खेरी तपाईँको मात्रै बिग्रिँदैन । सरकारमा बस्नेहरूको मात्रै बिग्रिँदैन । देश हाम्रो पनि बिग्रिन्छ मात्रै होइन । आउने पुस्ताहरूको पनि देश बिग्रिन्छ । त्यस कारण यो हामी सबैको साझा विषय हो । त्यस कारण नमिलेका विषयहरू फेरी लेखेर ल्याउनु पर्छ भन्दा खेरी यसलाई अप्ठ्यारो मान्नु हुँदैन । यसलाई पुनर्लेखन गर्न जरुरी छ । अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न सक्दैन । तपाई जनयुद्ध लेख्नुस्, के लेख्नुस् । आत्मरतिमा रमाउनुस् । हामीले घुसायौँ । शेरबहादुरजीलाई पनि बोकायौँ भनेर भन्नुस् । तर, त्यसले केही फरक पर्दैन । फरक मान्छेको जीवनमा पर्नु पर्छ, देशको जीवनमा फरक पर्नु पर्छ । ल भन्नुस् त, कुन त्यस्तो नयाँ चिज आयो रु पहिलाकै निरन्तरता दिनको लागि त पहिले राम्रो भएको हुनु प¥यो । अहिले हरेक सालजस्तै तपाईँले पनि केही पान थपिदिनु भयो । अघिल्लो चोटि ६५ पानाको रहेछ । अहिले ६६ पेजको रहेछ । फरक त यति मात्रै हो । ’

अध्यक्ष लिङदेनले जुन युद्ध नीति तथा कार्यक्रममा लेखियो भनेर आत्मरतिमा नरम्न पनि सरकारलाई सचेत गराए । देशको जीवनमा परक पार्ने, जनताको जीवनमा फरक पार्ने के त्यस्तो कार्यक्रम आयो ? भनी उनले सरकारलाई प्रश्न पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =