स्वास्थ्य ठिक भएपछि शरणार्थी प्रकरणबारे म संसदमा बोल्छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य ठिक भएपछि शरणार्थी प्रकरणबारे बोल्ने दोहोर्याएका छन्। यसअघि बिहीबारको संसद बैठकमा यसबारे बोल्ने बताएका ओलीले स्वास्थ्य ठिक नहुँदा संसदमा उपस्थित हुन नसकेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।

उनले सामाजिक सञ्जाल फेशबुकमार्फत आफू अस्वस्थ भएका कारण आजको संसदमा आउन नसकेको उल्लेख गर्दै कतिपय विषयका प्रश्नको जवाफ मात्रै नभएर सरकारले अनुभूति हुने किमिसका परिणाम दिनुपर्ने बताए।

सभामुखले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबीच जनताका सबालजवाफको नयाँ प्रचलन सुरु गरेकोमा ओलीले खुशी व्यक्त पनि गरेका छन्।

त्यस्तै, आफूले नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्यसहित संसदमा बोल्ने भनेको विषय आफू स्वस्थ्य भएपछि अर्को दिन बोल्ने पनि उनले प्रष्ट पारेका छन्।

प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागी हुन सकिनँ। नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद् समक्ष राख्ने मैले यसअघि वताएको थिएँ’, उनले लेखेका छन्, ‘स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्मा बोल्ने नै छु।’

उनले सभामुखले सवालजवाफको नयाँ प्रचलन आजदेखि सुरु गर्नु ठीक भएको भन्दै लेखेका छन्, ‘प्रश्नहरु दुई किसिमका हुन्छन् । एकथरी प्रश्नको उत्तर मात्र दिए पुग्छ । देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनु पर्छ।’

सांसद्हरुले संसद्मा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सक्ने र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सक्ने हुनुपर्ने ओलीको भनाइ छ।

‘पश्नहरु औपचारिकता र उत्तरहरु ओठे प्रतिवद्धता मात्रै नहोउन्’, ओलीले लेखेका छन्।

आजको संसद बैठकमा ओली स्वास्थ्यको कारणले अनुपस्थित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =