हज समितिका अध्यक्ष मियालाई दुई दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका हज समितिका अध्यक्ष शमशेर मियालाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति पाएको छ।

बिहीबार उर्जा मन्त्रालयबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्ने डरले उनी गृहमन्त्रालयमा कार्यकक्ष भए पनि उर्जामन्त्रालयमा बसेर काम गरिरहेका थिए।

मियालाई म्याद थपका लागि अदालत लगिएको थियो। अदालतले दुई दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले बताए।

भुटानी शरणार्थी प्रकरणमा जोडिएका गिरोहसँग मियाको कनेक्सन देखिएपछि प्रहरीले उनलाई पक्राउ गर्न अनुमति लिएको थियो। मियाकै गाडी चढेर गिरोहले ठगी धन्दा चलाएको खुलेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =