भुटानी शरणार्थी नेता रिजाललाई दुई दिन थुनामा राख्न अनुमति
२०८० जेठ ४ गते

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
जिल्ला अदालत काठमाडौंले रिजाललाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
पक्राउ परेपछि जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतबाट दुई दिन म्याद थप गरिएको हो।
अब रिजाल पनि आइतबारसम्म थुनामा रहने निश्चित भएको छ।
अनुसन्धान अन्तिमतिर पुग्न लाग्दा नेता रिजाल बिहीबार पक्राउ परेका थिए।
अनुसन्धानको क्रममा रिजालको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको काठमाण्डौं परिसरका एसएसपी दानबहादुर कार्कीले बताए।
२०८० जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित








