प्रश्नोत्तर जीवन्त भयो, प्रधानमन्त्रीले खँदिलो उत्तर दिनुभाे : सांसद सापकोटा

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर जीवन्त भएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले प्रधानमन्त्रीले सांसदहरुसँग गरेको प्रश्नोत्तर कार्यक्रम जीवन्त भएको टिप्पणी गरेका हुन् ।

उनले प्रधानमन्त्रीले लेखेर ल्याएको कुरालाई मात्रै नराखी आज बिहानसम्मका घटनाक्रमहरुलाई समेटेर खदिलो ढंगले प्रश्नको उत्तर दिएको बताए । प्रश्नोत्तरलाई नियमित र प्रभावकारी बनाउनुपर्ने उनको भनाई छ ।

उनले भने ‘जीवन्त जस्तो नै लाग्यो । प्रधानमन्त्रीले पूर्वतयारी र लेखेर ल्याएको कुरालाई मात्रै राख्नुभएको थिएन । आएका र आज बिहानसम्मका घटनाक्रमलाई समेत समेटेर अधिकतम खदिलो ढंगले प्रश्नको उत्तर दिनुभएको थियो । त्यसरी हेर्दाखेरी मलाई लाग्छ यो जीवन्त जस्तो र यसलाई नियमित र प्रभावकारी बनाउनु नै उत्तम हुन्छ जस्तो लाग्छ । पहिले प्रश्न दिनुपर्ने मोडेल नै ठिक लाग्यो । तथ्य तथ्यांकमा पूर्व तयारी गरेर आउनेहुन्छ ।’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई आफुले पहिलो नम्बरमा प्रश्न दर्ता गराएको भएपनि पछाडी पालो दिइएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले स्वतन्त्र र साना पार्टीहरुलाई बोल्न नदिने गरिएको बताए । उनले काँग्रेस र एमालेका धेरै सांसदहरुले बोल्नु आवश्यक नभएको बताए ।

उनले भने ‘एक नम्बरमा प्रश्न दर्ता गरेपनि तर ठूला पार्टी जहिलेपनि हेप्ने । स्वतन्त्रलाई बोल्न नदिने । साना पार्टीलाई बोल्न नदिने । आफूलाई नै संसद भवन ठान्ने । संसदमा विचारको प्रतिनिधित्व हुने हो । काँग्रेसको चार जना किन बोल्नुपर्याे ? एमालेको तीन जना किन बोल्नुपर्याे ? एकजना बोलेपनि विचारको प्रतिनिधित्व हुन्छ नि ।’

उनले प्रश्नोत्तर कार्यक्रम अभ्यासको पहिलो चरणमा भएकाले जति हुनुपर्ने त्यति सन्तोषजनक नभएको टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nine =