नेता नमुछिएको नेकपा एसले काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ ।

पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो ३ बजे माइतीघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो ।

बुधबार पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + thirteen =