सरकारको नीति तथा कार्यक्रम आफैं पढ्ने तयारीमा राष्ट्रपति पौडेल

प्रतिपक्षी एमालेको विरोधका कारण सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेल आफैं संसदमा प्रस्तुुत गर्ने तयारी गरेका छन् ।

राष्ट्रपति पौडेल पूर्णरुपमा स्वस्थ नभइसकेकाले जेठ ५ गते सरकारले संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पढ्नेगरी तयारी भइरहेको थियो।

यसबारे सरकार र प्रमुख विपक्षी दलका नेतासँग छलफल समेत भएको थियो।

तर राष्ट्रपतिले आफैं संसदमा उपस्थित भएर नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

पौडेलको स्वास्थ्यमा सुधार हुँदै गएकाले आफैं पढ्ने तयारी गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

यसअघि राष्ट्रपतिले अलिकति सुरु गरेर प्रधानमन्त्रीलाई पढ्न दिने तयारी थियो।

तरएमालेले त्यसको विरोध गरेको थियो । एमालेले राष्ट्रपति अस्वस्थ भए उपराष्ट्रपतिले त्यो जिम्मेवारी पाउनुपर्ने अडान राखेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =