तारकेश्वर जरंखुमा दुर्घटना : एक जनाको मृत्यु, चार घाइते (तस्बिरसहित)

काठमाडौँ । तारकेश्वर नगरपालिकाकाे को जरंखुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

बुधबार दिउँसो तारकेश्वर रुटमा चल्ने बसले मोटरसाइकललाई ठक्कर दिँदा जोगन्द्र प्रसाद गुप्ताको निधन भएको हो । गम्भीर घाइते भएका उनको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए ।

उनका अनुसार बसमा सवार चार जना सामान्य घाइते भएका छन् । दुर्घटना हुँदा बस खोलामा पुगेको थियो । बसलाई क्रेनको मद्धतले निकालिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयहरू आक्रोशित बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *