कांग्रेस युवा नेताहरुले गरे नेपाली कांग्रेस रुपान्तरण अभियानको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताहरुले नेपाली कांग्रेस रुपान्तरण अभियानको घोषणा गरेका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, युवा नेताहरु गुरु घिमिरे, रञ्जित कर्ण र भूपेन्द्रजंग शाही लगायतका नेताहरुले काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेस रुपान्तरण अभियानको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य मधु आचार्यले नेपाली कांग्रेस पार्टी जमुवा पोखरीझैँ भएको बताए । उनले नेपाली कांग्रेसको चाल, चरित्र र चेहरालाई परिवर्तन नगरी कांग्रेस रुपान्तरणको सम्भावना नभएको भन्दै आफूहरुले पार्टीको समय सापेक्ष रुपान्तरण गर्ने बताए ।

हाल कांग्रेसभित्र गैर कांग्रेसी चरित्रले बास गरेको उनले बताए । उनले कांग्रेसभित्र नैतिक शक्तिको क्षय भएको भन्दै आफूहरुले राजनीतिमा नैतिक शक्तिलाई जोड्ने बताए । उलने कांग्रेसको कमी, कमजोरीहरुबाट फाइदा उठाएर देशको राजनीतिमा उग्रबामपन्थी र दक्षिणपन्थी शक्तिहरुको उदय भएको बताए ।

काँग्रेस रुपान्तरणको अभियानलाई अगाडी बढाउनुपर्ने टड्कारो आवश्यकता भएकाले अभियानको घोषणा गरिएको उनले उल्लेख गरे ।

अभियानले जेठ ११ गते जनकपुर, जेठ १६ गते काठमाडौं, जेठ २० गते पोखरा, जेठ २२ गते दाङ, जेठ २४ गते सुर्खेत, जेठ २६ गते धनगढी, जेठ २९ गते इटहरी र जेठ ३१ गते पुनः काठमाडौंमा बृहत भेला तथा अन्तरक्रिया कार्यक्रम राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 11 =