समितिलाई सुरूबाटै व्यवस्थित बनाएर लैजाऔँ : सांसद पाण्डे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद हीतराज पाण्डेले समितिलाई शुरुवातदेखि नै व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।
मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समितिले नतिजा दिनेगरी काम गर्न आवश्यक रहेको उल्लेख गरे । उनले समितिको अनौपचारिक विषयहरुमा संवेदनशीलताको ख्याल गर्नपनि आग्रह गरे । उनले औपचारिक विषयहरुलाई पनि व्यवस्थित बनाउन जरुरी रहेको बताए ।
उनले भने ‘यो समितिलाई शुरुवातदेखि नै व्यवस्थित बनाउनसक्यौँ भने काम पनि व्यवस्थित हुन्छन् । जनताले के प्राप्त गरे र नतिजा के आउँछ भन्नेमा केन्द्रित हौँ । अनौपचारिक विषयवस्तुमा ख्याल गरियोस् । औपचारिक रुपमा पनि सबैकुरालाई व्यवस्थित गर्न सकिने गरी प्रभावकारी बनाऔँ । आचारसंहीता बनाउँदा वस्तुगत अवस्थालाई हेरेर कार्यान्वयन गर्ने हिसावले बनाऔँ ।’
सांसद पाण्डेले समितिको आचारसंहीता बनाउँदा वस्तुगत अवस्थालाई हेरेर कार्यान्वयन गर्ने हिसावले बनाउन आवश्यक रहेको बताए ।








