प्रधानमन्त्री र सभामुखबीच भेट, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल बताइएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराएका थिए । ‘आजबाट समितिहरूको बैठक सुरु भएपछि संसद्ले लय समातेको छ । संसद्मा विचाराधीन विधेयकहरू टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको छु,’ उनले अगाडि भने, ‘सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ । सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु ।’

सभामुख घिमिरेले सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको सांसदहरूले गुनासो गरेका सुनाएका थिए । ‘सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिन चाहन्छु । आजबाट समितिको बैठकहरू उत्साहपूर्ण रूपमा सुरु भएका छन् । संसद् सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको छ । सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरूको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु,’ उनले प्रधानमन्त्रीसँगको भेटमा भनेका छन् ।

यसअघि सोमबार प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको थियो । उनीहरुबीच पनि संघीय संसद्का काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 1 =