एमाले बैठकमा १४ निर्णय : केन्द्रीय सदस्यहरूको नयाँ कार्यविभाजन हुने

नेकपा एमालेको पाँचौँ केन्द्रीय कमिटी बैठक १४ वटा निर्णय गर्दै सम्पन्न भएको छ। वैशाख २८ गतेबाट सुरु भएको एमाले बैठक १४ वटा निर्णय र १६ वटा समसामयिक प्रस्ताव पारित गर्दै शनिबार सम्पन्न भएको हो।
स्थायी कमिटी बैठकले तयार गरेको वार्षिक कार्ययोजना केन्द्रीय कमिटी बैठकले पारित गरेको छ।
यसअघि एमालेले तल्ला तहका अधिवेशन एक वर्षअघि मात्रै सम्पन्न गरेको थियो । अब तल्ला तहको अधिवेशनहरू गर्दा पहिला प्रदेश त्यसपछि जिल्ला, पालिका हुँदै वडा र टोलको अधिवेशन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
जनसंगठनहरुलाई समेत सक्रिय पार्न जनसंगठन सुदृढीकरण तथा विस्तार अभियान चलाउने निर्णय गरेको छ। जनसंगठनलाई पार्टी कार्यकर्ता निर्माण गर्ने ‘इन्कुभेसन सेन्टर’ का रूपमा रूपान्तरित गरिने एमालेले जनाएको छ ।
त्यस्तै एमालेले युवाहरूको बीचमा पार्टी विस्तार गर्न ‘मिसन योग’ र ‘देशैभरि छोराछोरी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसका साथै मध्य पहाडी र हुलाकी राजमार्ग अभियान पनि एमालेले चलाउने भएको छ। यी सबै कामका लागि एमालेले सबै केन्द्रीय सदस्यहरूको नयाँ कार्य विभाजन गर्ने निर्णय गरेको छ ।
यस्ता छन् १४ निर्णय









