विद्युतीय सवारीमा कर नबढाउन नाडाको माग, यस्ता छन् १२ सुझाव

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारले विद्युतीय सवारीमा दिँदै आएको छुटलाई निरन्तरता दिन माग गरेको छ । २४ वर्षलाई यही नीति निरन्तर रहनुपर्ने नाडाको माग छ ।

नाडाले अर्थ मन्त्रालयमा पेस गरेको आगामी आर्थिक वर्षका नीतिगत सुझावमा विद्युतीय सवारीमा प्रयोग हुने विभिन्न उपकरणमा लाग्ने भन्सार महसुल पनि घटाउन माग गरेको छ । सरकारले आवश्यक ठाउँमा व्यवस्थित र सुरक्षित चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने र छुट्टै बिजनेस मोडलका रुपमा विकास गरी निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने नाडाको भनाइ छ ।

करको दरमा वृद्धिभन्दा दायरा फराकिलो बनानुपर्ने, प्राधिकरणले तोकेको चार्जिङ महसुल दर उच्च भएकाले घटाउनुपर्ने र सहरभित्र तथा बाहिरका लागि चार्जिङ महसुल दर फरक हुनुपर्ने नाडाको माग छ ।

त्यस्तै, आयातकर्ताले नेपालका दुई सय वटा पेट्रोल पम्प छनोट गरी उक्त स्थानमा चार्जिङ स्टेसन निर्माण गर्दा प्राधिकरणको ५० प्रतिशत लगानी हुनुपर्ने, यसका लागि अर्थ मन्त्रालयले पनि सहजकर्ता र समन्वयकर्ताका रूपमा भूमिका निर्वाह गर्नुपर्ने नाडाले जनाएको छ ।

यस्ता छन् सुझाव

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *