नक्कली शरणार्थी बनाएर नेपाली बेच्नेविरुद्ध अनेरास्ववियु सडकमा (तस्बिरहरु)

काठमाडौँ । नेकपा एमालेसम्बद्ध अनेरास्ववियुले प्रदर्शन गरेको छ । अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले नक्कली शरणार्थी बनाएर नेपाली नागरिक बेच्नेहरुविरुद्ध शुक्रबार विरोध प्रदर्शन गरेको हो ।

नक्कली शरणार्थी प्रकरणलगायत विभिन्न भ्रष्टाचार काण्डका दोषीलाई कारबाहीको माग गरिएको छ । उनीहरु त्रिचन्द्र कलेजअगाडि विरोध प्रदर्शन गर्दा एकछिन सडक अवरुद्ध भएको थियो ।

विद्यार्थीहरुले ‘वाइडबडी, शिविरमा भएको भ्रष्टाचार छानबिन गर, अपराधीको प्रोफाइल होइन, फाइल हेर’लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *