समर्थकलाई रविको आह्वान- पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुनुस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन आह्वान गरेका छन् । संघीय सांसदसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत समर्थकहरूलाई पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन आह्वान गरेका हुन् ।

सभापति लामिछानेले भ्रष्टाचार मुलुकको साझा दुस्मन भएकाले जसले गरेपनि पार्टीको झण्डा नबोकी सहभागी हुन रास्वपा समर्थकलाई आह्वान गरे । ‘भ्रष्टाचार यो देशको साझा दुस्मन हो । त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदैछु। राम्रो काम जसले गरे पनि सघाउनु पर्छ,’ उनले अगाडि भनेका छन्, ‘देश भर यस्ता कार्यक्रम जहाँ जसले गरे पनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरू सकेसम्म सहभागी हुनु होला । भ्रष्टाचारविरुद्ध एक हौँ । नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी बनौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =