पहिलो खुला मण्डिखाटार जुनियर टेनिस प्रतियोगिता सम्पन्न

काठमाडौँ । टेनिस खेलको विकास र विस्तारका लागि मण्डिखाटार जुनियर खुला टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।

गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा ८ वर्षदेखि १६ वर्षसम्मको बालबालिकाको सहभागिता थियो । १०६ जना सहभागी प्रतियोगितामा राष्ट्रियस्तरमा पहिलो पटक सञ्चालन गरेको हो ।

कार्यक्रममा नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले भनिन्,’५ वर्षदेखि १४ वर्षको तालिम दिँदै आइरहको र यस्तो खेलले खेलकुदको बिकाससँगै राष्ट्रिय खेलाडी उत्पादन हुने बताइन् ।’

अायाेजक मण्डिखाटार टेनिस क्लबका अध्यक्ष तथा आयोजक नवराज कुवंरले भने, ‘हामीले जुनियार टेनिस राष्ट्रिय रुपमा पहिलो चोटी भएको हो यो खेलले आफनो क्षमता विकास सँगै खेलकुदलाई टेवा पुग्ने बताए । प्रथम, दोस्रो र तेस्रो खेलाडीलाई नगद पुरस्कार तथा मेडल र प्रमाणपत्र प्रदान गरेको हो ।

यो टेनिस खेललाई देशब्यापी रुपमा विकास बिस्तार गर्दै लैजाने मिडिया एडभाइजर मेघेन्द्र प्रकाश गिरीले जानकारी दिए ।

प्रतियोगितामा महिला आठ वर्ष उमेर समूह निम्ती कुवर, नौ वर्ष उमेर समुहमा सारा पन्त, १० वर्ष उमर समुहमा सारा पन्त, १२ वर्ष उमेर समूह (महिला) सिवाली गुरुङ, १० वर्ष उमेर समुह (महिला) सिवाली गुरुङ र १६ वर्ष उमेर समूह सुनिरा थापाले प्रथम भए ।

यसैगरी पुरुषको आठ वर्ष उमेर समुहमा भिरल अग्रवाल, नौ वर्ष उमेर समुहमा, सूर्यजंग कार्की, १० वर्ष उमेर समुहमा विश्व विशेष डल्लाकोटी, १२ वर्ष उमेर समुहमा अर्पन सम्राट होला, १४ वर्ष उमेर समुहमा डेबिल श्रेष्ठ र महेश जोशी विजेता बनेका छन् ।

विजयी खेलडीहरु
आठ वर्ष उमेर समूह (महिला)
विजेता : निम्ती कुँवर
उपविजेता : यसी पोखरीया तामाङ
तेस्रो : नोर्बिया लामा र समृद्धी खत्री

नौ वर्ष उमेर समूह (महिला)
विजेता : सारा पन्त
उपविजेता : थिया श्रेष्ठ
तेस्रो : निम्ती कुँवर र सोहही केडिया

१० वर्ष उमेर समूह (महिला)
विजेता : सारा पन्त
उपविजेता :मनिसा थापा
तेस्रो: जेनिसा ज्ञवाली र शोभना गुरुङ

१२ वर्ष उमेर समूह (महिला)
विजेता:सिवाली गुरुङ
उपविजेता: आयुसा जिसि
तेस्रो: मेनिशा थापा र जेनिशा ज्ञवाली

१४ वर्ष उमेर समूह (महिला)
विजेता: सिवाली गुरुङ
उपविजेता:स्वास्थिका विष्ट
तेस्रो: प्रजना मानान्धर र कर्मिस्थ मुगा श्रेष्ठ

१६ वर्ष उमेर समूह (महिला)
विजेता: सुनिरा थापा
उपविजेता:प्रमिसा मोत्तान
तेस्रो: स्वास्थिताका विष्ट र कर्मिस्थ मुगा श्रेष्ठ

आठ वर्ष उमेर समुह (पुरुष)
विजेता: विरल अग्रवाल
उपविजेता: आहान केडिया
तेस्रो: टोनिस केडिया र कोयन चालिसे

नौ वर्ष उमेर समुह (पुरुष)
विजेता: सुर्य जंग कार्की
उपविजेता: विधान चालिसे
तेस्रो:अमृत मल्ल र सनिस बस्नेत

१० वर्ष उमेर समुह (पुरुष)
विजेता: विश्व विशेष डल्लाकोटी
उपविजेता: सुजन कुईकेल
तेस्रो: सुर्य जंग कार्की र सोरा योसी प्रजापती

१२ वर्ष उमेर समुह (पुरुष)
विजेता: अर्पन सम्राट होला
उपविजेता: विश्व विशेष डल्लाकोटी
तेस्रो: प्राथिया रिजाल र सोम्खाहाङ राई

१४ वर्ष उमेर समुह (पुरुष)
विजेता: बोरिस अधिकारी
उपविजेता: बृजेश अर्याल
तेस्रो:डेबिल श्रेष्ठ र महेश जोशी

१६ वर्ष उमेर समुह (महिला)
विजेता: आयुष्मान बुर्जा घले
उपविजेता: बृजेश अर्याल
तेस्रो: बोरिस अधिकारी र निमेश जोशी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *