साउदी अरब र उरुग्वे बराबरीमा रोकिए
२०८३ असार २ गते

काठमाडौं । फिफा विश्वकप–२०२६ मा उरुग्वे र साउदी अरबकाे खेल बराबरीमा राेकिएकाे छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान भएको खेलमा दुवै टोली १–१ बराबरीमा रोकिएका हुन् ।
साउदीले खेलको ४१औं मिनेटमा अग्रता लिएको थियो । अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका थिए । तर, खेलको अन्त्यतिर उरुग्वे खेलमा फर्कियो । ८०औं मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो । बल पोजिसनमा उरुग्वे अघि रहेपनि थप गोल गर्न सकेन । खेलभर सर्ट अन टार्गेट उरुग्वेले ११ पटक र साउदीले ३ पटक प्रहार गरेका थिए ।
यो खेलसँगै समूह ‘एच’ मा ४ वटै टोलीले पहिलो खेलपछि समान एक अंक जोडेका छन् ।
२०८३ असार २ गते
प्रतिक्रिया
सम्बन्धित









