जीवनको उत्तरार्द्धमा हिरासत पुगेका बालकृष्ण खाँणको पहिलो रात कहाँ बित्यो ?
२०८० वैशाख २८ गते

काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण जीवनको उत्तरार्द्धमा आएर पहिलोपटक प्रहरी हिरासतमा रात कटाए । राजनीतिक मुद्दाहरूमा पटकपटक जेलनेल भोगेका पूर्वमन्त्री खाँण अहिले भने फौजदारी मुद्दामा पक्राउ परेका हुन् ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीको नेतृत्वको प्रहरीको टोलीले मैजुबहालस्थित निजी निवासबाट बुधबार पक्राउ गरेका खाँणलाई अदालतको आदेशपछि पहिलो चरणमा शनिबार समेत गरी चार दिन हिरासतको बास बस्नु पर्ने भएको छ ।
नक्कली भुटानी शरणार्थी अमेरिका पठाएको विषयमा अनुसन्धानमा परेका खाँणलाई रकम लिएको पुष्टि भएको भन्दै प्रहरीले पक्राउ गरेको हो । खाँणलाई प्रहरीले काठमाडौँ प्रहरी परिसरकै हिरासतमा राखेको जनाइए पनि थप जानकारी भने बाहिर आएको छैन ।
२०८० वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित








