जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । विधान अधिवेशन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।

पार्टी कार्यालय ललितपुरमा बस्ने बैठक बिहान ११ बजे सुरु हुनेछ । जसपाबाट अहिले सरकारमा एकजना मात्र सहभागी छन् । जसपाले आफ्नो भागमा परेको दुई मन्त्रालयमध्ये शिक्षा मन्त्रालयमा अशोक राईलाई पठाएको छ ।

बाँकी रहेको अर्को मन्त्रालयमा कसलाई पठाउनेभन्ने विषयमा उसले टुंगो लगाउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =