गण्डकी प्रदेशको योजना आयोग उपाध्यक्षमा देवकोटा नियुक्त
२०८० वैशाख २४ गते

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्ण देवकोटा नियुक्त भएका छन्।
गोरखा पालुङटार ३ का देवकोटालाई मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको सिफारिसमा मन्त्रिपरिषद बैठकले नियुक्त गरेको हो।
उनले कोरियाबाट विपद व्यवस्थापनमा पिएचडी गरेका छन् । आयोगका अन्य सदस्यहरु भने नियुक्त भएका छैनन्।
नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नुपर्ने भएकोले सबैभन्दा पहिला उपाध्यक्ष नियुक्त गरिएको हो।
२०८० वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित








