जनमत पार्टी संगठन विस्तारमा केन्द्रित हुन्छ : उपाध्यक्ष चौधरी 

काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले आफ्नो पार्टी संगठन विस्तारमा लागेको बताएका छन् ।
मंसिर ४ को निर्वाचनमा आफ्नो पार्टीले जनताको मन जितेको र बारा २ को उपनिर्वाचनमा पनि आफ्नो पार्टीलाई चौतर्फी घेराबन्दीका बीच राम्राे नतिजा हात पारेकाे बताए । अबको निर्वाचनमा उनले आफ्नो पार्टी देशको दोस्रो/तेस्रो दलका रूपमा आउने गरी तयारी गर्न संगठन विस्तारमा अघि बढेको बताए ।
आइतबार मकालुखबरसँग कुरा गर्दै उनले भने, ‘हामी जनतामा गएर उहाँहरूकाे कुरा सुन्ने र उहाँहरूका आवाज संसदमा पनि साथीहरूले उठाउने तयारीमा छौँ । मधेसी जनताको आकर्षण हामीप्रति छ । अब हाम्रो पार्टी उहाँहरूको काममा लाग्ने छ ।’
उनले बारा २ मा जनमत पार्टीले जितिसकेको निर्वाचन पनि बुध कब्जा र प्रचारमा रोक लगाइएकाले हारेको बताए । उनले भने, ‘बारामा चुनाव हारे पनि उपलब्धी राम्रो भएको छ । ठुला दललाई पाखा लगाउन सफल भइएको छ ।’
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =