तत्कालीन प्रधानमन्त्री केपी ओलीमाथि पनि शरणार्थी प्रकरणमा छानबिन गर्नुपर्छ : मेटमणि चौधरी
२०८० वैशाख २४ गते

काठमाडौँ । नेकपा एसका सांसद मेटमणि चौधरीले नक्कली शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीमाथि पनि छानबिन हुनुपर्ने बताएका छन् ।
सो बेल केपी शर्मा ओली प्रधानमन्त्री रहेका थिए । उनले उनीमाथि माथि पनि छानबिन हुनुपर्ने बताएका हुन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले तत्कालीन गृहसचिव र बहालवाला सचिवलेसमेत स्वीकार गरिसकेको भन्दै त्यतिबेलाको सरकारको नेतृत्व गरेका ओलीलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन्।
उनले भने, ‘मलाई के लाग्छ भने तत्कालीन सरकार नै यो आपराधिक कार्यक्रम लागेको छ। त्यतिबेलाको प्रधानमन्त्रीलाईसमेत कारबाहीको दायरामा ल्याउनुपर्छ, ।’
२०८० वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित








