सत्ता गठबन्धनको बैठक बस्दै
२०८० वैशाख २३ गते

काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । शनिबार साँझ ५ बजे बैठक बोलाइएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीबीच छलफल भएको थियो छलफलमा नक्कली भुटानी शरणार्थीलाई पक्राउ गर्ने सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीले भनेका थिए । सो पछि गठबन्धनको बैठक बोलाइएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएकाहरूलाई कानुन, विधि र प्रक्रियाअनुसार कारबाही गरिने प्रधानमन्त्रीले बताइरहेका छन् । यसैबारे छलफल गर्न गठबन्धनको बैठक बोलाइएको बताइएको छ ।
२०८० वैशाख २३ गते
प्रतिक्रिया
सम्बन्धित








