रास्वपाले समर्थन फिर्ता लिए पनि प्रचण्डसँग बहुमत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बहुमत कायम रहने भएको छ।

रास्वपाको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। तर यसले सत्तामा खास असर नपार्ने देखिएको छ।

चैत ६ गते विश्वासको मत लिएका प्रचण्डले त्यतिबेला १ सय ७२ सांसदको समर्थन पाएका थिए। विपक्षमा एमाले र राप्रपाको ८९ मत थियो।

प्रचण्डलाई विश्वासको मत दिने दलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी पार्टी (जसपा), एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरु थिए।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८७, माओवादी केन्द्रका ३२, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ५, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, आम जनता पार्टीका १, राष्ट्रिय जनमोर्चाका १ सांसद छन्। अमरेशकुमार सिंह लगायतका स्वतन्त्र सांसदको समर्थनपनि अहिलेसम्म सरकारलाई कायम छ।

प्रधानमन्त्रीलाई कम्तिमा १ सय ३८ सांसद आवश्यक पर्छ। तर यसअघि विश्वासको मत पाउँदाका २१ सांसद मात्रै रास्वपाको निर्णयले कम हुनेछन्।

प्रधानमन्त्री प्रचण्डसँग अहिले पनि डेढसय सांसदको समर्थन कायम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =